दफा १२
बनक्षेत्रभित्र बसोबास वा पुनर्बास नगरिने
(१) रुख भएको कुनै पनि वनक्षेत्र बसोबास वा पुनर्बासको लागि प्रयोग गरिने छैन।

(२) यो ऐन प्रारम्भ हुनुभन्दा अघि वन सम्बन्धी तत्काल प्रचलित कानूनको अधीनमा रही बसोबास वा पुनर्बास गरिएका जग्गामा त्यस्तो जग्गा प्रदान गर्दाको बखत देखि नै रहेका रुखहरु नेपाल सरकारको स्वामित्वमा रहनेछन्‌ र त्यस्ता रुखहरु तोकिए बमोजिम हटाइनेछ।

(३) उपदफा (२) मा उल्लिखित रुखहरु यस ऐन विपरीत हटाउने व्यक्तिलाई राष्ट्रिय वनमा कसुर गरे सरह सजाय हुनेछ।